नेभिगेशन
अन्य

कांग्रेसले वार्ताका लागि विपक्षी मोर्चालाई दबाब दिने

काठमाडौ । नेपाली कांग्रेसले संविधानभालाई अगाडि बढाउनका विपक्षी मोर्चालाई दबाब दिने रणनीति अगाडि सार्ने भएको छ । पदाधिकारी बैठकले संविधानसभा रोकिएको २० दिन भइसक्दा पनि एमाओवादी सहमतिमा पनि आउँदैन, प्रक्रिया पनि अघि बढ्न नदिएको भन्दै विपक्षी मोर्चालाई दबाब दिने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंगैको कार्यक्रममा सहभागि हुनका लागि चितवन जानुअघि भएको बैठक एमाओवादीलाई नेपाली कांग्रेसले दबाब दिने निष्कर्ष मा पुगेको हो । बैठकमा एमावादीलाई सहमतिका लागि तयार हो कि होइन् भन्ने स्पष्ट रुपमा सोध्ने तयारीमा कांग्रेस लागेको हो । बैठकमा एमाओवादी नेतृत्वको मोर्चालाई सहमतिमा आउनका लागि अब बढिमा साता दिनको समय दिने समेत निष्कर्ष निकालिएको सहमहामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिए । बैठकले अब प्रधानमन्त्रीले फेरि विपक्षी मोर्चालाई वार्ताका लागि लिखित आग्रह नगर्ने निर्णय समेत गरेको छ । प्रधानमन्त्रीले दुई–दुईपटक वार्ताका लागि औपचारिक आह्वान गर्दा पनि वार्तामा नआएको भन्दै कांग्रेसले कडा ढंगले अगाडि बढ्ने संकेत दिएको छ । बैठकमा कांग्रेस नेताहरुले एमाओवादी नेता डा. बाबुराम भट्टराईले बिदेशी भुमीमा पुगेर जथाभावि बोलेको भन्दै आलोचना भएको थियो । भारत भ्रमणमा रहेका भट्टराईले नेपालका प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीलाई गाली गरेको भन्दै पूर्वप्रधानमन्त्रीले अर्काको देशमा त्यसरी बोल्न नमिल्ने कांग्रेस नेता डा शेखर कोइरालाले बालुवाटारमा कुरा उठाएका थिए । यस्तै कांग्रेसले सरकार छाड्ने धम्कीबारे सत्ता साझेदार एमालेसँग सोध्ने भएको छ । अनौपचारिक कुराकानीमा एमाले नेताहरुले स्थायी समितिले यो बिषयमा निर्णय नभएको बताएपछि सो बिषयमा एमालेको धारणा माग गर्ने निर्णय भएको बताइएको छ । कांग्रेस एमालेको बैठकमा सत्तासाझेदार एमालेसंग सरकार छोड्ने विषयमा धारणा माग गर्ने भएको हो । एमालेको स्यायी कमिटीको सोमबारको बैठकमा कांग्रेससँगको सत्ता साझेदारीबारे प्रश्न उठेको थियो । संविधान निर्माणका लागि कांग्रेससँग सत्ता साझेदारी गरेको भन्दै एमाले नेताहरुले संविधान निर्माण प्रक्रिया अघि नबढ्ने हो भने सत्तामा किन बसिरहने भन्दै प्रश्न गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै