नेभिगेशन
अन्य

‘कांग्रेससँगको सहयात्रा पीडादायी भयो’

काठमाडौं । उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले कांग्रेससँगको सत्ता सहयात्रा अत्यन्तै पीडादायी र कष्ठकर रहेको खुलासा गरेका छन् । एमाले केन्द्रीय प्रचार विभागले मासिक रुपमा प्रकाश गर्ने मुखपत्र नवयुगमा एकवर्षे सत्ता सहयात्राको विस्तृत समीक्षा गर्ने क्रममा गृहमन्त्री गौतमले प्रधानमन्त्री सुशील कोइरालासँगको काम गराइ असाध्यै कठीन रहेको बताएका हुन् । मुख्य प्रतिद्वन्द्वी राजनीतिक दलहरु एउटै सरकारमा बस्नु कठिन र अनुचित रहेको अनुभव आफूले गरेको गौतमले बताएका छन् । उनले कांग्रेसका मन्त्रीहरुबाट एमालेले सम्हालेका मन्त्रालयमा अनावश्यक हस्तक्षेप गर्न खोजेको समेत आरोप लगाएका छन् । ‘मुख्य प्रतिद्वन्द्वीका बीचको यो सहकार्य व्यवहारतः ज्यादै कठीन सावित भएको छ, स्वभाविक रुपमा हामीमध्ये एउटा सत्तापक्ष र अर्को प्रमुख प्रतिपक्षका रुपमा रहनुपथ्र्यो’ गौतमले भनेका छन् ‘तर संविधानसभा बहाल रहेको र नयाँ संविधान बनाउने कार्यभार रहेकाले हामी संयुक्त सरकारमा सामेल भयौं । त्यस क्रममा हामीले ज्यादै खुम्चिएर नै आफ्नो कार्यभार पूरा गर्ने काम गरिरहेका छौं’ । कांग्रेसले शुरुमै आफूलाई सरकारमा एमालेको नेतृत्व गरेर आउनबाट रोक्न खोजेको र मन्त्रालय बाँडफाँडमा पनि अनावश्यक खोंचे थापेको आरोप उपप्रधानमन्त्री गौतमले लगाएका छन् । बराबरी शक्तिका दलहरुबीच मन्त्रालय पनि बराबर बाँडफाँड हुनुपर्नेमा कांग्रेसले अझै पनि १४ वटा मन्त्रालय आफूले राखेर एमालेलाई १० मन्त्रालय मात्रै दिएको गौतमको गुनासो छ । सरकारमा एमालेको तर्फबाट नेतृत्व गरिरहेका उपप्रधानमन्त्री गौतमले भनेका छन्( बारम्बार हामीले दुईवटा मन्त्रालय एमालेले पाउनुपर्छ भन्यौं । तर, त्यसो भएन र अहिलेसम्म पनि स्थिति त्यस्तै छ । यस्ता किसिमका विषयसम्म हाम्रा बीचमा सहकार्यका निम्ति बाधकका रुपमा उभिए । लोकेन्द्रबहादुर चन्द, प्रचण्ड र सुशील कोइरालासमेत गरी तीन प्रधानमन्त्रीको नेतृत्वमा उपप्रधानमन्त्री भएर काम गर्दाको अनुभवमा वामदेवले कोइरालासँगको सहयात्रा असजिलो भएको महसुस गरेका छन् । गौतम भन्छन्‘प्रधानमन्त्रीसँग उपप्रधानमन्त्रीले टक्कर लिएर काम गर्न मिल्दैन । पार्टीगत हिसाबले भन्नुपर्दा दुबै झण्डै झण्डै एउटै हैसियतमा छौं । राजकीय हिसाबले त प्रधानमन्त्रीको नेतृत्वमा सरकार छ र उप्रधानमन्त्रीले प्रधानमन्त्रीकै माताहतमा रहेर काम गर्नुपर्छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री गौतमले संविधान निर्माणमा बाधा पर्ने गरी आफूले कोइरालासँग टक्कर लिन नखोजेको पनि प्रष्ट पारेका छन् । ‘टक्कर लिएर काम गर्दा जति उपलब्धि हुन्थ्यो, त्योभन्दा भिन्न पछाडि हटेर, गम खाएर र बढी विनम्रता देखाएर काम गर्नुपर्ने अवस्था रहृयो’ गौतम भन्छन् ‘फलस्वरुप पहिलेका दुईपटक नेतृत्व गरेर सरकारमा जाँदा जस्तो भएन । यद्यपि जेजस्तो अवस्थामा हामीले काम गर्नुपरेको छ, म सरकारबाट हटेपछि भनौंला, अहिले केही नबोलुँ । तर, जति काम गरेको छ, त्यो विशिष्ठ ९डिस्टिङ्सन० नै हो भन्ने मलाई लागेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै