नेभिगेशन
अन्य

अब अधिकतम सहमतिमा संविधानः उपप्रधानमन्त्री सिंह

इलाम । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सकेसम्म अधिकतम सहमतिमा संविधान जारी गर्ने बताएका छन् । नेपाली काँग्रेस इलामद्वारा आज आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सिंहले आन्दोलन छाडेर वार्ताको माध्यमबाट समस्याको समाधान गर्न विपक्षी दलहरुलाई आग्रह गरे । उनले प्रधानमन्त्री सुशील कोइरालाले पनि वार्तामा बोलाएर त्यहीँबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेको भन्दै सडकमा गएर कराउँदैमा केही नहुने बताए । संविधान जारी गरुञ्जेलसम्म एमालेसँग मिलेर अघि बढ्ने बताउँदै मन्त्री सिंहले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘एमाओवादी, एमाले सरकारमा हुँदा गर्न नसकेको काम हाम्रो पालामा भएको छ, अब संविधान जारी पनि हाम्रै नेतृत्वमा हुन्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्