नेभिगेशन
अन्य

कांग्रेस एमालेका बीचमा छलफल हुँदै

काठमाडौं । सत्ता सहकार्य र संविधान लेखन प्रक्रियाको बारेमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आज छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ वजेपछि छलफलमा एमालेले प्रक्रियामा गएर भए पनि तत्काल संविधान निर्माणको काम थाल्न प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालासँग आग्रह गर्ने भएको छ । एमालेले प्रधानमन्त्री कोइरालालाई संविधानसभामा प्रक्रिया अगाडि नबढाए तत्काल गठबन्धन छोड्न लागेको जानकारी गराउन लागेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कांग्रेस एमालेको बैठक बसेर साझा धारणा बने मात्र वर्तमान सरकारले निरन्तरता पाउन सक्ने उनले बताए । हिजो बसेको एमाले स्थायी कमिटि बैठकले विपक्षी ३० दलीय मोर्चा छलफलमा नआउने निष्कर्ष निकाल्दै तत्काल प्रक्रिया सुरु गर्न प्रधानमन्त्री कोईरालालाई आग्रह गर्ने निर्णय गरेको थियो । कांग्रेसले आफ्नो पार्टीको महाधिवेशनलाई कारण देखाउँदै संविधान निर्माण प्रक्रियामा ढिलाइ गर्न थालेको भन्दै यस्तै अवस्था जारी रहे सरकार छोड्ने बारेमा एमाले भित्र औपचापरिक बहस सुरु भएको सचिव ज्ञवालीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...