नेभिगेशन
अन्य

एमाओवादी अध्यक्ष पढेको स्कुलमा प्रधानमन्त्री र दाहाल एउटै मंचमा

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज जएउटै मंचमा बसेर भाषण गर्ने भएको छ । माघ ८ पनि सत्तारुढ दलका शीर्ष नेताहरुसँग एक पटक पनि सँगै बसेका छैनन् । संविधान लेखनका विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष ध्रुविकृत बनिरहेको बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाल एउटै मञ्चमा सँगै बस्न लागेका हुन् । एमाओवादी अध्यक्ष दाहाल पढेको चितवनको शिवनगरमा रहेको नारायणी विद्या मन्दीर उमाविलेस्वर्ण जयन्त्रीको अवसरमा प्रधानमन्त्री कोइराला र दाहाल एउटै मञ्चमा अतिथी बन्न लागेका हुन् । उक्त विद्यालय सुशील कोइरालाको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्दछ । नेताहरुका बीचमा संवाद हुन नसकीरहेका बेला दुई शीर्ष नेताले एउटै मञ्चमा सम्बोधन गर्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ । दुवै नेता एउटै मञ्चमा बस्नुलाई दलहरुका बीचमा देखिएको विवाद समाधानको कोसेढुंगा हुनसक्ने विष्लेषण गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...