नेभिगेशन
अन्य

विजुली नहुँदा जाजरकोट अस्पतालमा एक्स–रे मेसिन चलाउन समस्या

जाजरकोट । आवश्यक विद्युत् आपूर्ति नहुँदा जिल्ला अस्पताल जाजरकोटमा एक्स–रे मेसिन सञ्चालन गर्न समस्या हुँदै आएको छ । जिल्ला अस्पतालमा प्रयोग हुँदै आएको पुरानो एक्स–रे मेसिनलाई जेनेरेटर र विद्युतको संयुक्त पावरबाट सञ्चालन गर्दै आएकोमा नयाँ एक्स–रे मेसिन भित्रिएपछि थप सञ्चालनका लागि पावरको समस्या परेको हो । नयाँ एक्स–रे मेसिन चलाउन ३२ किलोवाट विद्युत् आवश्यक पर्ने भएकाले सो क्षमता भएको नयाँ जेनेरेटर नहुँुदा यो समस्या आएको कर्मचारी सन्तोष बुढामगरले जानकारी दिए । जिल्लामा विद्युतको पावर नियमित नहुने र अब पानीको मात्रा कम हुदै जाँदा यो समस्या आएको हो । एक्स–रे मेसिन नहुँदा यहाँका स्थानीय रुकुमको चौरजहारीमा गएर एक्स–रे गर्न बाध्य थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...