नेभिगेशन
अन्य

अब प्रिपेड र पोष्टपेडबीच पनि ट्रान्सफर हुने

काठमाडौं । नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको टेलिफोन सेवाहरुमा एकअर्कामा रकम ट्रान्सफर गर्नसक्ने सुविधा थप गर्ने भएको छ । जीएसएम टेलिफोनअन्तर्गतको प्रिपेड मोबाइल सेवामा मात्र रहेकाले यो सुविधालाई टेलिकमले अन्य सेवासँग पनि जोड्ने योजना बनाएको छ । योजना सफल भएसँगै पीएसटीएन, सीडीएमए र जीएसएमका ग्राहकले सजिलै एकअर्कोमा रकम ट्रान्सफर गर्न सक्नेछन् । ट्रान्सफर सुविधालाई अन्य टेलिफोनसँग पनि जोड्नुपर्ने ग्राहकको मागलाई ध्यानमा राखेर यस्तो योजना बनाइएको टेलिकमका सूचनाप्रविधि शाखाका निर्देशक रवीन्द्र झाले बताए । ‘ट्रान्सफरको यस्तो सुविधा उपलब्ध गराउने विषयमा अहिले अध्ययन भइरहेको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षभित्र यस्तो सुविधा उपलब्ध गराउने गरी तयारी गरिरहेका छौं ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...