नेभिगेशन
अन्य

प्रधानमन्त्री फेर्न केपी ओलीको प्रस्ताव

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसमेत फेर्ने गरी कांग्रेस–एमालेबीच नयाँ सहमति हुनुपर्ने प्रस्ताव ल्याएका छन्। कांग्रेस–एमालेबीच गत वर्ष माघ २६ मा भएको सातबुँदे सहमति माघ ८ मै अन्त्य भएकाले प्रधानमन्त्रीसमेत फेर्ने गरी नयाँ सहमति आवश्यक रहेको प्रस्ताव एमाले अध्यक्ष ओलीले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालासँग राखेका हुन् । अध्यक्ष ओलीले आइतबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भएको छलफलमा यस्तो प्रस्ताव राखेका थिए। स्थायी कमिटीको सोमबारको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग आफूले राखेको प्रस्तावबारे बिफ्रिङ गरेका थिए। ‘ दुई शक्तिबीच अघि बढ्ने भन्ने अबको रणनीति के हुनसक्छ भनेर स्थायी कमिटीमा छलफल भयो,’ एमाले स्थायी कमिटीमा ओलीले दिएको जानकारीबारे प्रवक्ता प्रदीप ज्ञवाली भने, ‘हिजो कांग्रेससँगको बैठकमा भएको छलफलबारे अध्यक्षले सामान्य ब्रिफिङ गर्नुभयो।’ एमाले बैठकमा अध्यक्ष ओलीले गत वर्ष माघ २६ मा भएको सातबुँदे सहमति माघ ८ मै अन्त्य भएकाले प्रधानमन्त्रीसमेत फेर्ने गरी नयाँ सहमति आवश्यक रहेको बताएका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्