नेभिगेशन
अन्य

सरकारका लागि सुरक्षा चुनौती एमाओवादी मोर्चा, कमल थापा, खुमबहादुरदेखि सिके राउतबाट

काठमाडौं । सरकारले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलनदेखि नेत्रबिक्रम चन्द, खुमबहादुर, कमल थापा, जेपी गुप्ता र सिके राउतसम्मलाई सुरक्षा चुनौतीको सूचीमा राखेको छ । गृहमन्त्री वामदेव गौतमले संसदको राज्य व्यवस्था समितिको बैठकमा लिखितरुपमा सुरक्षा चुनौती र समस्या पेश गरेका हुन् । गृहमन्त्रीको प्रतिवेदनको पहिलो नम्बरमै प्रचण्ड नेतृत्वको मोर्चाको आन्दोलन र संविधानसभाबाट संविधान जारी हुनुहुँदैन भन्ने पक्षसँगको सहकार्यलाई सुरक्षा चुनौतीका रुपमा राखिएको छ । त्यस्तै मोहन वैद्य र नेत्रबिक्रम चन्द माओवादीका साथै लिम्बुवानका विभिन्न समूहका गतिविधिलाई पनि सरकारले सुरक्षा चुनौतीमा राखेको छ । कट्टर हिन्दुवादी र राजवादीहरुको क्रियाकलाप भन्दै सरकारले कमल थापा, खुमबहादुर खड्कासहितको समूहको गतिविधिलाई पनि सुरक्षा चुनौतीको सूचीमा राखेको छ । सरकारले जेपी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानले तराईका भूमिगत समूहसँग सहकार्यको प्रयास गरेको संकेत देखिएको समेत बताएको छ । साथै विखण्डनकारी नारासहित सिके राउतको गतिविधि तराईमा बढेको भन्दै सरकारले यसलाई सुरक्षा चुनौती अन्तरगत राखेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै