नेभिगेशन
अन्य

निःसर्त वार्तामा आउ : उपप्रधान मन्त्री सिंह

इलाम । उपप्रधान मन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले निःसर्त वार्तामा आउन आन्दोलनरत दललाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन इलाम शाखाले बिहान इलाममा आयोजना गरेको पत्रकारसम्मेलनमा उपप्रधान मन्त्री सिंहले दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसक्दा मुलुक नै असफल हुने धारणा राख्दै सबैको सहमति र सहकार्यमा संविधान जारी गर्न सके त्यो दिगो हुने विचार व्यक्त गरे । ‘कसैले केही छाडौँ, लचकता अपनाऔँ’–उनले भने–‘मिल्न नसकेका विषयलाई वार्ता र सहमतिको माध्यमबाट हल गरौँ ।’ निर्वाचन प्रणाली, शासकीय स्वरुप, संघीयता लगायत विषयमा सबै दलबीच सहमति भइसकेकाले त्यसलाई मूर्तरुप दिन वार्तामा आउन सरकारले आग्रह गरेको उनले बताए । उनले मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन संविधान जारी गर्नुको कुनै विकल्प नभएको बताए । एक फरक प्रसंगमा मन्त्री सिंहले वर्तमान परिस्थितिमा सरकार परिवर्तन नहुने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्