नेभिगेशन
अन्य

फुटेज माग्दा नदिएको प्रतिशोधमा अख्तियारले २ पत्रकारमाथि मुद्दा चलायो

काठमाडौं । घूस लिँदै गरेका प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको भिडियो खिच्ने दुई पत्रकारलाई अख्तियारकै निर्देशनमा मुद्धा दायर गरिएको छ । सगरमाथा टेलिभिजन समाचारदाता तिलक गाउँले र माउन्टेन टेलिभिजनका क्षेत्रनाथ देवकोटा आकाश विरुद्ध बाँके जिल्ला प्रशासनमा माघ २६ गते मुद्धा दायर गरिएको हो । घूस लिने प्रहरीको पक्षमा अख्तियारलाई असहयोग पुर्याएको अभियोगमा पत्रकारविरुद्ध मुद्दा दर्ता गर्ने प्रहरी प्रमुख एसपी शेखर कोइराला स्वयम दोषी देखिई अघिल्लो साता निलम्बनमा परेका छन् । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकले अख्तियारकै निर्देशनमा मुद्धा दायर गरिएको बताए । उनले दुवै पत्रकार भागिरहेको र प्रहरीले तीव्र पारेको जानकारी दिए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै