नेभिगेशन
अन्य

मुम्बईमा भट्टराईले भने–‘युद्धको पक्षमा छैनौ’

काठमाडौं । एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले आफूहरु युद्धको पक्षमा नभए पनि जनताको हक–अधिकार खोसिएको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । भारतको मुम्बईमा अखिल भारत नेपाली एकता मञ्चको एकताको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता भट्टराईले हाम्रो लचकतालाई कमजोरी ठानिन्छ भने क्रान्तिको झण्डा उठाउन बाध्य हुने चेतावनी दिए । उनले क्रान्तिले नै जनताका हक र अधिकार सुनिश्चित गर्ने बताए । १०–वर्षे जनयुद्ध नेपाली इतिहासको ठूलो उपलब्धी भएको र यसप्रति आफूलाई गर्व भएको भट्टराईले बताए । ‘राजतन्त्र अन्त्य भयो तर केही मान्छेहरु आफूलाई नयाँ छोटे राजाको रुपमा उभ्याउन खोजेकोले सहमति जुट्न सकेको छैन । छोटे राजाहरु शान्ति सम्झौता तोड्न उद्यत छन’, उनले भने– ‘छिटो भन्दा छिटो सार्थक वार्ताको माध्यमबाट संविधानसभाबाटै जनता बलियो हुने गरी अधिकार सहितको संविधान बनोस भन्ने हामी चाहन्छौं । यसको निम्ति हामीले विगत १० महिना दिनरात नभनी धेरै पहल गर्यौ । सहमति होस भनेर हामी धेरै लचिलो बन्यौं । अझै पनि हामी सहमतिबाटै हिजोका सहमति–सम्झौता अनुसारकै संविधान बनोस भन्ने चाहन्छौं ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...