नेभिगेशन
अन्य

एमाओवादीको हतास मानसिकता हो :एमाले

काठमाडौं । नेकपा एमालेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले खुल्लामञ्चको आमसभामा राखेको भनाईको संस्थागत रुपमा नै आपत्ती जनाएको छ । आइतवार बसेको स्थायी समितिले बैठकले दाहालको सो भनाईलाई हतास मनस्थितिको उपजुको रुपमा भएको टिप्पणी गरेको । एमाओवादी अध्यक्ष दाहालले खुल्ला मञ्चको सभामा एमाले भन्ने पार्टी देशलाई आवश्यक नभएको बताएका थिए । भाषणका क्रममा अधिकांश समय एमाले नेताहरुमाथिको गालीगलौजमा नेताहरुले खर्चेका थिए । आफ्नो पार्टीप्रति निराधार लाञ्छना लगाइएको तथा पार्टी नेतृत्वलाई गरिएको गालीगलौजलाई हताश मनस्थितिको उपजको रुपमा विश्लेषण एमालेले गरेको हो । ‘विपक्षी मोर्चाका नेताहरूद्वारा हाम्रो पार्टीका विरुद्ध लगाइएका निराधार लाञ्छना तथा पार्टी नेतृत्वका विरुद्ध गरिएको गालीगलौजलाई हतास मनस्थितिको उपजका रूपमा विश्लेषण गरेको छ,’ एमालेले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शनिबारको सभामा दाहालले एमालेसँग विचार, सिद्धान्त र नारा नभएको, प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर जनतासँग भोट मागेर अहिले कांग्रेसको एजेण्डामा घुसेको, निर्वाचन अघि बहुपहिचान नारा दिएर अहिले पहिचानको नामै सुन्न नचाहेको, ठगी र भ्रष्टाचार गर्ने भए काँग्रेसभित्र रहेर गरे हुने जस्ता आरोप लगाएका थिए । एमालेले रत्तिभर विचलित नभई संवाद र सहमतिको प्रयास जारी राख्दै छिटो भन्दा छिटो संविधान निर्माण गर्न सबै खाले पहल गर्ने विज्ञप्तीमा जनाइएको छ । बैठकमा विपक्षी मार्चाले शनिवार काठमाडौँको खुलामञ्चमा गरेको सभाका विषयमा समेत बैठकमा छलफल भएको थियो । एमाले स्थायी समिति बैठक भोलि फेरि बस्नेछ । उता रिपोर्टस क्लवले आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले पनि आफ्नो पार्टीविरुद्ध एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन् । विपक्षी सभामा एमालेलाई कांग्रेसमा बिलाएको टिप्पणी गरेका दाहाललाई रावलले सोधे, ‘एमाओवादीचाँही मधेसी मोर्चामा विलय भइसक्यो भन्न मिल्ने कि नमिल्ने ?’ । रावलले शाक्तिको आडमा राजनीतिमा कसैलाई घुँडा टेकाउन नसक्ने भन्दै शनिबारको प्रर्दशनलाई शक्ति प्रर्दशन भन्ने हो भने एमाले एक्लै पनि त्यत्रो सभा गर्न सक्षम रहेको तर्क गरे । ‘टुंडिखेलमा टाउको गनेर शक्ति देखाउने अनि संविधानसभामा टाउको गन्दा गणितीय खेल भन्ने ? भाटो जुलुस निकाल्दा जवरजस्ती नहुने अनि नियमवाली अनुसार अघि बढौ भन्दा बलजफ्ती हुने ?’ उनले सोधे । उनले संविधान बनाउन दुई तिहाई पुगेपछि एमाओवादी बौलाएर हिँडेको आरोप लगाए । उनले अझै पनि आफूहरु सहमतिको लागि लचिलो भएको तर्क गरे । उनले केही मानिसहरु राजनीतिलाई अस्थिर पारेर मुलुक विगार्न लागेको दावी गर्दै अहिले पहाडलाई मधेससँग छुट्याउने दुरासय पनि त्यसैको उपज भएको ठोकुवा गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्