नेभिगेशन
अन्य

श्रीलंकाद्धारा इंल्याण्ड ९ विकेटले पराजित

काठमाडौं । विश्वकप क्रिकेटमा इंल्याण्डलाई श्रीलंकाले ९ विकेटले हराएको छ । विलिङटनमा टस जितेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले जोए रुटको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३०९ रन बनाएको थियो । ३१० रनको विजयी लक्ष्य लिएर मैदानमा आएको श्रीलंकाले खेल सकिन १६ बल बाँकी छँदै १ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितका लागि कुमार सांगाकारा र लाहिरू थिरिमानेले अभिजित २१२ रनको साझेदारी निभाए । १४३ बल खेलेका थिरीमानेले सर्वाधिक १३९ तथा ८६ बल खेलेका सांगाकाराले ११७ रन बनाए । यस्तै तिलकरत्ने दिलशानले ४४ रन बनाए । आजको खेलमा पराजयसँगै इंल्याण्डको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ। समूहमा चार खेल खेलेको श्रीलंका ६ अंकसाथ दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको न्युजिल्यान्डको ४ खेलबाट ८ अंक जोडेको छ । तेस्रो स्थानको बंगलादेशसँग ३ अंक छ । समान ३ अंक भएको अस्ट्रेलिया रनरेटका आधरमा चैथो स्थानमा छ । पाचौं स्थानको अफगानिस्तानसँग २ अंक छ । स्कटल्यान्डले कुनै अंक बटुलेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...