नेभिगेशन
अन्य

पश्चिमी वायुको प्रभाव: देशैभर वर्षा,उच्च भेगमा भारी हिमपात

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले देशभर बदली भएको जनाएको छ । न्यूनचापीय प्रणाली अरब सागरसँग संगम हुँदा पश्चिमी वायुले ठूलो रुप लिएको हो । भूमध्यसागरबाट सो वायु नेपालको पश्चिमी भेग हुँदै देशभर प्रभाव पारेकाले डडेल्धुरा, दीपायल, धनगढी, सुर्खेत, नेपालगन्ज, जुम्ला, दाङ, भैरहवालगायतका स्थानमा वर्षात् भएको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिए । भूमध्य सागरबाट आउने वायुले उच्च वायुमण्डलमा गतिविधि सञ्चालन गर्दा हावाको चाप बढेमा खराब मौसमको विकास भई यस किसिमको परिस्थिति उत्पन्न हुने गर्दछ । सोमबारसम्म देशभर नै बदली भई, उच्च हिमाली भेगमा भारी हिमपात हुने छ भने मध्यमाञ्चल तथा पूर्वी क्षेत्रका पहाडी भेगमा आंशिक हिमपात हुने छ । सो वायुको प्रभाव कायम रहँदासम्म काठमाडौँलगायतका पहाडी स्थानमा केही चिसो बढ्ने छ । मौसमविद् कँडेलले वायुको प्रभाव मंगलबारबाट कम हुँदै जाने र मौसममा पनि सुधार आउने जानकारी दिँदै त्यसपछि चिसो हट्ने तथा गर्मी बढ्न थाल्ने बताए । डिसेम्बर, जनवरी र फेब्रुअरी जाडोको मौसम भएकाले महाशाखाले अहिले भएको चिसो तथा फाटफुट वर्षालाई सामान्य मानेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै