नेभिगेशन
अन्य

लोकमान गएनन संयुक्त संसदीय समितिको बैठकमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सुसासन समिति र बिकास समितिको संयुक्त बैठकमा आउन नभ्याउने खबर पठाएका छन् । संसदको विकास समिति र सुशासन समितिले संयुक्त रुपमा आज राखेको बैठकमा लोकमानले आउन नभ्याउने खबर पठाएका हुन् । एक सभासद्का अनुसार बैठक सुरु हुने बेलामा मात्र लोकमानले भ्याउँदिन भन्ने खबर पठाएर आयोगका सचिवलाई बैठकमा पठाएका छन् । आजको बैठकलाई अत्यन्त महत्वसाथ हेरिएको थियो । किनभने दुईटा समितिको संयुक्त बैठक हो यो । यसअघि विकास समिति, अर्थ समिति र जलस्रोत समिति तीनवटा मिलेर संयुक्त बैठक गरेका थिए । त्यसपछि आज दुईटा समितिले बैठक राखेका हुन् । लोकमानले सुशासन तथा अनुगमन समितिमा मात्र आउने भनेका थिए । आजको बैठक सुशासन समितिको समेत हो । आजको बैठकमा राष्ट्रिय गौरवका विकास आयोजनाहरुको कार्यप्रगति सम्बन्धमा राखिएको हो । बैठकमा विभिन्न मन्त्रीहरु सहित १६ वटा निकायका उच्च पदस्थहरुलाई बोलाइएको छ । यस अघि लोकमानलाई कृषि तथा जलस्रोत समितिले बोलाएको थियो र उनले आउँदिन भनेर लिखित अवज्ञा गरेका थिए । पछि उनले अख्तियारका सचिवलाई समितिको बैठकमा पठाएका थिए । आज पनि उनले सचिवलाई पठाएर संसदलाई नटेर्ने घुमाउरो संकेत दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...