नेभिगेशन
अन्य

‘सरकारले वातावरण बनाए वार्ताका लागि जतिबेला पनि तयार’

काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब वार्ता र संवादमा बस्ने वा आन्दोलन अगाडि लैजाने सत्तारुढ दलहरुकै हातमा रहेको बताएका छन् । एमाओवादी नेतृत्वको मोर्चाको आन्दोलनका क्रममा शनिवार बानेश्वरमा भएको झडपमा परि घाइते भएका एमाओवादी कार्यकर्तालाई कान्तिपुर अस्पतालबाट भेटेर निस्कने क्रममा एमाओवादी अध्यक्ष दाहालले सरकारले वार्ताको वातावरण बनाए आफु जुनसुकै बेला वार्तामा बस्न तयार रहेको स्पष्ट पारे । बानेश्वर घटनाले सरकार वार्ता र सम्वादका लागि सकारात्मक नदेखिएको भन्दै दाहालले भने ‘उहाँहरुले सहमतिबाटै संविधान बनाउने हो । शान्ति सम्झौतालाई सम्मान गर्ने हो प्रक्रियालाई सम्वाद समितिबाटै लैजाने भन्नु भो भने हामी वार्ताका लागि जतिबेला पनि तयार छौं ।’ दाहालले बानेश्वर झडपमा सरकारले कायरता प्रदर्शन गरेको बताए । उनले आफूहरुको आन्दोलनबाट गृह प्रशासन धेरै आतंकति भएको बताउदै आन्दोलनकारीले सरकारको निरंकुशता र कायरताको प्रतिवाद गरेको भन्दै उनले धन्यवाद दिए । दाहालसहितका नेताहरु नयाँ बानेश्वरमा प्रहरीसँग भएको झडपका घाइते गंगा नारायण श्रेष्ठसहितका नेताहरुलाई भेट्न कान्तिपुर अस्पताल पुगेका थिए । खुलामञ्चको सभामा जान तीनकुनेबाट सुरु भएको जुलुस बानेश्वरमा आएपछि निषेधित क्षेत्र भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै