नेभिगेशन
अन्य

सीमावर्ती क्षेत्रका गाँउ हात्तीपाइलेको उच्च जोखिममा

इलाम । इलामको दक्षिणी सीमावर्ती क्षेत्र हात्तीपाइले रोगको उच्च जोखिममा परेको छ । झापा जिल्लासँग सिमाना जोडिएका यहाँका महमाई, चुलाचुली, दानाबारी, शान्तिपुर, लक्ष्मीपुर, चिसापानी, बाँझो, साकफारा र जिर्मले गाविस हात्तीपाइले रोगको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यी गाविसका ४४ मा यो रोगको लक्षण देखापरेको कार्यालयले जनाएको छ । प्रभावित क्षेत्रमा कार्यालयले सुपानेट झूल, ल्याब सेवालगायत कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर बिमल बरालले जानकारी दिए । छ वर्षसम्म निरन्तर यो रोगविरुद्ध औषधि खुवाइने लक्ष्यका साथ कार्यालयले यो वर्ष पनि दुई लाख ६५ हजारलाई औषधि खुवाउने तयारी गरिरहेको बरालले बताउनुभयो । यो वर्ष फागुन २३, २४ र २५ गते औषधि खुवाइने कार्यालयले जनाएको छ । औषधि खुवाउने कार्यमा एक हजार ८८७ स्वयम्सेवक र ३०० स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी बरालले दिनुभयो । २ वर्षदेखि ७० वर्ष उमेर समूहका मानिसले खान सकिनेछ । बिरामी, गर्भवती महिला, दम तथा मुटुरोगका बिरामीबाहेक सबैले औषधि सेवन गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट स्वस्थ मानिसमा यो रोग सर्दछ । लामखुट्टे नियन्त्रण, फोहोरपानी जम्मा हुन नदिनु, पानीलाई स्वतन्त्र रुपले बग्न दिनु एवम् घरवरपर भएका खाल्डाखुल्डी पुर्नाले यो रोगबाट बच्न सकिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै