नेभिगेशन
अन्य

भारतले नेपाललाई दिने अनुदान घटायो

काठमाडौं । भारतले नेपाललाई आर्थिक वर्ष २०१५/१६ मा दिने अनुदान कटौती गरेको छ । नेपालले प्राप्त सहयोगलाई अपेक्षित रुपमा खर्च गर्न नसकेपछि अनुदान कटौती गरिएको अनुमान छ । यो वर्ष भारतले ६ अर्ब ७२ करोड रुपैयाँ चार अर्ब २० करोड भारु अनुदान सहयोग घोषणा गरेको हो । भारतका केन्द्रीय वित्तमन्त्री अरुण जेट्लीले शनिबार लोकसभामा सार्वजनिक गरेको २०१५/१६ को युनियन बजेटमा नेपाललाई गैरयोजना ननप्लान अन्तर्गत विदेश मन्त्रालयमार्फत खर्च हुने गरी सो अनुदान दिइने उल्लेख गरिएको छ । भारतले गत वर्ष २०१४/१५ मा सात अर्ब २० करोड रुपैयाँ साढे चार अर्ब भारु अनुदान दिने घोषणा गरेको थियो । त्यसमध्ये चार अर्ब ८० करोड तीन अर्ब भारु मात्रै खर्च हुने अनुमान बजेटमा गरिएको छ । कारोबार तथा अभियान दैनिकमा खबर छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै