नेभिगेशन
अन्य

विपक्षी मोर्चाको मागप्रति सत्तापक्ष सकारात्मक

काठमाडौं । एमाओवादीसहित विपक्षी मोर्चाले राजधानीमा गरेको शक्ति प्रदर्शन र सभाबाट संविधानका मुख्य विवादित विषयमा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा राजनीतिक सहमति समितिमार्फत नै समझदारी गर्नुपर्ने भनी राखेको मागप्रति सत्तापक्ष सकारात्मक देखिएको छ । सत्तापक्षले सहमति मुख्य बिषय भएको उल्लेख गर्दै संवाद तथा राजनीतिक सहमति समिति मार्फत सहमति गर्दा पनि आफूलाई आपत्ति नहुने बताएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी मोर्चाद्वारा शनिबार राजधानीमा आयोजित सभामा संवाद समितिबाटै सवै बिषयको सहमति खोज्न सत्तापक्ष तयार भए बार्तामा बस्न सकिने धारणा राखेका थिए । ुसहमति मुख्य कुरा हो । कहाँबाट गर्ने भन्ने बिषय गौण हो, एमाले उपमहासचिव विष्णु पौडेलले भने,‘सहमति हुन्छ कि हुदैन भन्ने कुरा महत्वपुर्ण हो ।’ कांग्रेस सहमहामन्त्री पूर्णवहादुर खडकाले पनि सहमति जहाँ भए पनि जाने बाटो संवाद समिति समितिमार्फत नै रहेको बताए । संवाद समिति विघटन भएको छैन । सभापतिले बैठक बोलाए बोलाउन पाइदैन भन्ने हुँदैन । संवाद समितिमा पनि छलफल गर्न सकिन्छ खडकाले भने, मुख्य कुरा सहमति गर्ने हो । सहमति भएपछि संवाद समितिको बाटो भएरनै सवै बिषय मस्यौदा समितिमा जाने हो । संविधानसभाको जारी प्रकृया स्थगित गरेर पटक–पटक बार्ताका लागि आह्वान भईसकेको अवस्थामा विपक्षी मोर्चा आइतबारबाट नै बार्तामा बस्ने सक्ने विश्वास खडकाले व्यक्त गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै