नेभिगेशन
अन्य

नागरिकता खोसिएका नेपाली २८ हजार नेपालीभाषी भुटानमा

काठमाडौं । भुटानभित्रै रहेका २८ हजार नेपालीभाषीले सरकारले खोसेको नागरिकता अझै फिर्ता पाएका छैनन् । सन् १९९० को दशकको सुरुमा राजनीतिक आन्दोलनमा जोडिएको आरोप लगाउँदै खोसेर दरबार पुर्‍याइएको नागरिकता उनीहरुले अझै नपाएका हुन् । ‘सन् १९९० को दशकमा राजनीतिक आन्दोलनमा लागेका हामीलाई सरकारले देशनिकाला गर्‍यो, तर आन्दोलनमा कतै न कतै जोडिएको आरोपमा २८ हजार नेपालीभाषीको नागरिकता खोसेर राजाकहाँ पुर्‍याइएको छ । त्यो फिर्ता नपाउँदा उनीहरु आधारभूत सुविधाबाट पनि बञ्चित हुनपरेको छ,’ भुटान नेसनल डेमोक्रेटिक पार्टी बिएनडिपीका कार्यकारी अध्यक्ष डा. डिएनएस ढकालले बताएका छन् । नेपालीभाषीलाई अनागरिक बनाउने तत्कालीन सरकारको निर्णयविरुद्ध आन्दोलित भएका नेपालीभाषी र सारछोक्पा जातिका भुटानीलाई राजाको आदेशमा देशनिकाला गरिएको थियो । त्यतिबेला देशनिकालामा नपारिएका २८ हजार नेपालीभाषीको नागरिकता खोसेर सरकारले शिक्षा, स्वास्थ्य रोजगारीजस्ता आधारभूत सुविधाबाट वञ्चित गर्दै आएको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै