नेभिगेशन
अन्य

देशभर जिल्ला कब्जा गर्ने प्रचण्डको चेतावनी

काठमाडौँ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दल सहमतिमा नआए देशभर जिल्ला जिल्लामा जनताले कब्जा गर्ने चेतावनी दिएका छन्। उनले वार्ताका लागि बहुमतीय प्रक्रियालाई रद्द गरी बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद समितिबाटै संविधानका अन्तर्वस्तुमा सहमति खोज्ने प्रक्रिया सुरु गर्नुपर्ने शर्त राख्दै भने, ‘बल अब कांग्रेस–एमाले कै कोर्टमा छ। संवाद समितिमा फर्काए भोलि नै वार्ता हुन्छ।’ बहुमतीय प्रक्रिया नसच्याए परिणाम भोग्न तयार रहन उनले चेतावनी दिए। ‘अझै पनि एमाओवादी र प्रचण्डलाई देखाउँछौँ भन्नुभयो भने कसले देखाउँछ हेर्नुहोला भोलि आफू उत्तेजित नभएको भन्दै गरे पनि उनले आक्रोशपूर्ण अभिव्यक्ति दिने क्रममा भने, सहमति नभए ुअब राजधानीमा सभा होइन, जिल्ला जिल्लामा जनताले आफ्नो अधिकारको प्रयोग गरी कब्जा गर्न थाल्नेछन्। अन्तरिम संविधान, शान्ति सम्झौता गरिएका शक्तिसँग सहमतिकै आधारमा संविधान बन्छ भन्ने सुनिश्चितता गर्नुपर्ने र संविधानसभा बाहिर भएका दलहरुलाई पनि सहमतिमा लिएर संविधान बनाउने बाटोमा आउनु पर्ने बताउँदै उनले त्यसो नभए सत्ता हातमा लिने चेतावनी दिए, अबको कार्यक्रम घोषणा भएपछि जनताले पूरै सत्ता हातमा लिने अवस्था आउनसक्छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै