नेभिगेशन
अन्य

‘केपी ओली ज्यू, खुलामञ्चका जनता यूपी विहारबाट आएका होइनन्’

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका बरिठ उपाध्यक्ष हृदयश त्रिपाठीले ३० दलीय मोर्चाको जनसभामा सहभागीहरु नेपाली नागरिक नै भएकोले विहारबाट आएको भनेर भ्रममा नपर्न कांग्रेस–एमालेलाई आग्रह गरेका छन् । ३० दलीय मोर्चाले शनिबार खुलामन्चमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै उनले भने, ‘केपी ओलीले टेलिभिजन हेरिराख्नु भएको होला । यहाँका जनसमुदाय यूपी विहारबाट आएका होइनन् । नत कुमाउ र गढवालबाट आएका हुन् ।’ विगतका सहमति पालना नभएसम्म वार्ता नगर्ने भन्दै उनले आन्दोलन निर्विकल्प भएको बताए । कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली २०६२÷६३ को जनआन्दोलन र परिवर्तन विरोधी भएकोले हाल देखाएको चरित्रबाट आश्चर्य मान्न नपर्ने त्रिपाठीले धारणा राखे । अहिले कांग्रेस–एमाले सहमतिमा आउन नचाहे पनि पछि सहमतिमा आउन बाध्य हुने उनले दाबी गरे । उनले भने,‘कांग्रेस–एमाले परिवर्तनका विरोधी भएकाले उनीहरुको यात्रा गढ्ढामा जान्छ । पछि उनीहरु चुक चुकाउँदै आइपुग्छन् ।’ कांग्रेस एमालेलाई दुई तिहाईको दम्भ नदेखाउन उनले चेतावनी दिए । उनले भने, ‘उनीहरुले दुई तिहाई बहुमत पाएका होइनन्, सुन्निएका हुन् ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै