नेभिगेशन
अन्य

प्रदर्शनमा ल्याइएका सयौं लठ्ठी बरामद

काठमाडौं । सत्तारुढ दलहरुलाई आफ्नो एजेण्डामा सहमतिमा आउन बाध्य पार्न शनिबार गर्न लागिएको एमाओवादी नेतृत्वको मोर्चाको शक्ति प्रदर्शनका लागि ल्याएको सयौं लठ्ठी बरामद भएको छ । मार्चाले शनिबार दिउँसो काठमाडौं खुलामञ्चमा गर्न लागेको प्रदर्शनका लागि बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको बसबाट प्रहरीले नागढुंगामा लठ्ठी बरामद गरेको हो । शनिबार बिहान मात्र झण्डै ५ सय लठ्ठी बरामद गरिएको प्रहरीले जनाएको छ । यता मोर्चाले गर्न लागेको प्रदर्शनलाई ध्यान दिंदै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । केही दिनअघि वाईसीएल कार्यकर्ताले काठमाडौंमा लठ्ठी सहित प्रदर्शन गरेपछि प्रहरी अझै सचेत भएको हो । प्रहरीका अनुसार शनिबारको जुलुसमा लठ्ठी र भाटा बोक्नेलाई कार्वाही गर्ने बताएको छ । यसअघि लाठी जुलुस प्रदर्शन भएपछि गृह मन्त्रालयले विज्ञप्ती निकालेर लठ्ठी भाटा सहित प्रदर्शन गर्न नपाइने र गरेमा कानुनी कारबाही हुने भन्दै ध्यानाकर्षण गराइसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै