नेभिगेशन
अन्य

गणेश थापामाथि छानबिन गर्न फिफालाई आग्रह

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाका गलत काम र आर्थिक हिनामिनाको पूर्ण छानविन गर्न एन्फाका उपाध्यक्षहरुले विश्व फुटबल महासंघ (फिफा)लाई आग्रह गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २३ गते थापाविरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो। अख्तियारको निर्णय सार्वजनिक भएपछि एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धरले छानविनका लागि पुनः फिफाको इथिक्स कमिटीलाई आग्रह गरेको हो। उनीहरुले थापाविरुद्ध यसअघि पनि फिफामा उजुरी हालेका थिए। अख्तियारबाट सफाइ पाएपछि थापाले चार महिना फुटबलका सबै खाले गतिविधिबाट अलग रहने स्वयम् घोषणा गरेको म्याद अर्को साता सकिदैछ। थापाले आफै अलग हुन चाहेको कात्तिक १८ गते फिफाले आफ्नो बेवसाइडमा उल्लेख गरेको थियो। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...