नेभिगेशन
अन्य

अख्तियारमा ५ आयुक्तको सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा पाँच जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले आयोगका रिक्त आयुक्त पदमा दिप बस्न्यात (उदयपुर), नविनकुमार घिमिरे (झापा), गणेशराज जोशी (लमजुङ), राजनारायण पाठक (महोत्तरी) र डा सावित्री गुरुङ (भोजपुर)लाई नियुक्तिका लागि सिफारिस गरेको हो । परिषदमा गम्भिर र व्यवस्थित छलफल पश्चात् उक्त निर्णय सर्वसम्मतले गरिएको परिषद्का सदस्य समेत रहनुभएका सभामुख सुवास नेम्वाङले सञ्चारकर्मीलाई जानकारी दिए । निर्णयपनि संसदीय सुनुवाई भएपछि अख्तियारमा प्रमुख आयुक्त र ६ जना आयक्त हुनेभएका छन् । यसअघी एक प्रमुख आयुक्त र एक आयुक्त रहेका छन् । निर्वाचन आयोगमा एक आयुक्त पद रिक्त भएपनि चाँडै अन्य पदमा पनि रिक्त हुनलागेकाले सबै पदमा एकैसाथ सिफारिस गर्ने भन्दै परिषद्ले कुनै सिफारिस नगरेको सभामुख नेम्वाङले जानकारी दिए । नियुक्तिका लागि परिषद्ले सिफारिस गरिएका उक्त नामलाई संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर पारित गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानुनी प्रावधान छ । यस अघि परिषद्को विहिवार सम्पन्न बैठकले लोकसेवाका रिक्त अध्यक्षमा उमेश मैनालीसहित छ सदस्यको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहनु भएको परिषद्को सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, व्यवस्थापिका–संसदा प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानमन्त्रीले तोकेका तीनजना मन्त्री रहने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...