नेभिगेशन
अन्य

बिराटनगरमा गुट्का उद्योगीमाथि गोली प्रहार

बिराटनगर । विराटनगरको ब्यस्त राधाकृष्ण चोकमा एक व्यवसायीमाथि गोली प्रहार भएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुईजनामध्ये एकले गुट्खा उद्योग चलाउँदै आएका गोविन्द खतिवडामाथि गोली हानेका हुन् । खतिवडाको देब्रे खुट्टा र दाहिने हातको नाडीमा दुई गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रभु ढकालले जानकारी दिए । खतिवडालाई गोली हानेलगत्तै सो समूह भागेको छ । उनीमाथि गोली हान्नुको कारण खुल्न सकेको छैन । राधाकृष्ण प्रोडक्ट हाउस चलाएर गुट्खा उत्पादन गर्दै आएका खतिवडा आन्तरिक राजस्व विभागका पूर्वकर्मचारी समेत हुन् । घटनापछि गोली प्रहारमा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । गोली प्रहारमा संलग्नहरुको खोजीका लागि भारतीय सीमामा कडाई गरेिएको प्रहरीको भनाइ छ । खतिवडामाथि गोली हान्नुको कारण खुल्न नसकेको प्रहरीको भनाइ । घाइते खतिवडाको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्