नेभिगेशन
अन्य

३० दलिय मोर्चा जुलुस १३ ठाँउबाट

काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीका विभिन्न १३ स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । मोर्चाका सदस्य दलहरुको जुलुस शनिबार बिहान ११ बजेदेखि राजधानीका १३ स्थाबाट एकै पटक निकाल्ने भएका हुन् । सत्तारुढ दलले सहमति मिच्दै पेलेर अघि बढेको आरोप लगाएको मोर्चाले त्यसविरुद्ध विशाल जनशक्ति प्रदर्शन गर्ने जनाएको छ । मोर्चाको जुलुसका कारण राजधानीको ट्राफिक व्यवस्थापन प्रभावित हुने अवस्था देखिएको छ । मोर्चाले खुल्लामञ्चमा हुने जनसभामा कम्तिमा ५० हजार मानिस उतार्ने दाबी गरेको छ । एमाओवादीले माइतीघर, चाबहिल, बालाजु, कालिमाटी र लगनखेलबाट जुलुस निकाल्ने मार्चाले जनाएको छ । त्यसैगरी संघीय समाजवादी पार्टीले स्वयम्भू, डल्लु र बसन्तपुरबाट जुलुस निकाल्ने कार्यक्रम छ । लोकतान्त्रीक फोरमले त्रिपुरेश्वर, तराई मधेश लोकतान्त्रीक पार्टीले र सदभावना पार्टीले बबरमहलबाट जुलुस निकाल्ने मोर्चाले जनाएको छ । संघीय लोकतान्त्रीक राष्ट्रिय गठबन्धले थापाथली, तराई मधेश लोकतान्त्री पार्टी नेपालले, कुपण्डोल, पहिचानमा आधारित संघीय गठबन्धनले भृकुटीमण्डप, संघीय गणतान्त्रीक समाजवादी पार्टीले सोल्टीमोड, आदीबासी जानजाती राष्ट्रिय आन्दोलन सुनधारा,राष्ट्रिय मधेश समाजवादी पार्टीले जावलाखेल र संघीय सदभावनाले भद्रकालीबाट जुलुस निकाल्ने छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै