नेभिगेशन
अन्य

एमाओवादीको माग कुनै हालतमा मानिदैन : उपप्रधानमन्त्री गौतम

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अबको चार महिनाभित्र नयाँ संविधान जारी हुने दाबी गरेका छन् । नेपाल मगर संघले शुक्रबार राजधानीमा आयोजना गरेको ३३ औं स्थापना दिवसको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले चार महिनाभित्र संविधान जारी भइसक्ने दाबी गरेका हुन । गौतमले संविधान बनाउनकै लागि दुई तिहाइ बहुमतको प्रक्रिया सुरु गरेको भन्दै एमाओवादी लगायतका विपक्षी दलसँग सहमति भएन भनेर संविधान निर्माणको काम नरोकिने बताएका छन् । एमाओवादीले जातजातिबीच विवाद फैलाउने खालको संघीय प्रदेश बनाउन खोजेको आरोप लगाउँदै गौतमले एमाओवादीको माग कुनै हालतमा नमान्ने तथा सबै जातजाति, भाषाभाषी र संस्कृतिको पहिचान कायम हुने गरी संविधान बनाउने बताए । उनले पहिचानसहितको संविधान जारी हुनेमा कुनै किसिमको शंका नगर्न मगर समुदायसँग आग्रह समेत गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले पहाडिया बाहुन समुदायले मात्र राज्यको उपल्लो तहमा अवसर पाएको भनाइ गलत भएको बताउँदै भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर राना र पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना पनि मगर समुदायको भएको भन्दै राज्यले कुनैपनि जातजातिमाथि विभेद नगरेको दाबी गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...