नेभिगेशन
अन्य

बैंकक उडेको नेपाल एयरलाइन्सको बोइङ आकस्मिक अवतरण

काठमाडौं । उड्ने क्रममा प्राविधीक समस्या आएपछि नेपाल एयरलाइन्सको बोइङ बि ७५७ जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सवा दुई बजेतिर बैंककका लागि उडेको जहाज करिव ९० किलोमिटर उडेपछि फर्काएर त्रिभुवन विमानस्थलका महाप्रबन्धक बीरेन्द्र प्रसाद श्रेष्ठले बताए । उड्ने क्रममा प्राविधिक समस्या आएपछि जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराएको निगमले जनाएको छ । जहाजमा एक सय ८३ जना यात्रु सवार थिए । सामन्य प्राविधिक समस्या देखिनासाथ अवतरण गराइएको हुँदा यात्रुहरु सकुशल रहनुका साथै जहाजमा पनि कुनै क्षति भएन् । जहाजलाई अहिले प्राविधिक टोलीले चेकजाँच गरिरहेका छन् । आकस्मिक अवतरण गरेपनि जहाजले उडान स्थगित गरिनसकेको बताइएको छ । ठूलो समस्या नभएको भए नेपाल एयरलाइन्सले पुनः बैंकक उडान गर्ने नेपाल एयरलाइन्सले जानकारी दिएको छ । विगतमा पनि कहीलेकाहीँ यस्तो प्राविधिक समस्या देखिने गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै