नेभिगेशन
अन्य

देउवाको सुझाव– पाँच जिल्ला छाडेर तराईमा दुई प्रदेश

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तराईमा दुई प्रदेश र पहाडमा उत्तर–दक्षिण मिलाएर प्रदेश निर्धारण गरिनुपर्ने सुझाव दिएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज बिहान आयोजित कार्यक्रममा उनले यी दुई प्रकारका विचारलाई समन्वय गरी पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा पहाडी क्षेत्र मिलाएर राज्य बनाउने सोचाइ रहेको बताए । सहमतिमा संविधान बनाउनका लागि प्रतिपक्षी वार्तामा आउनुपर्ने बताउँदै उनले सहमति नभएका अवस्थामा प्रक्रियाकै माध्यमबाट संविधान जारी हुने स्पष्ट पारे । उनले संयुक्त सरकारलाई काम गर्नमा समस्या हुने गरे पनि सरकारले राम्रो काम गरेको बताउँदै सर्वदलीय सरकारको गठन भएको खण्डमा सुशील कोइरालाले नै सरकारको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । उनले प्रश्न गर्दै भने, ‘दाहाल र डा भट्टराई प्रधानमन्त्री हुँदा सहमतिमै किन संविधान नबनाइएको हो, संविधानसभामा उहाँहरु मतदानको प्रक्रियाबाट निर्वाचित भएर आउनुभएकाले अहिले संविधान निर्माणमा मतदान प्रक्रियाको विरोध गर्नु कहाँसम्म उचित हो ।’ विपक्षी दलहरुले आन्दोलन छाडेर सहमतिमा आउनु पर्ने देउवाको जोड थियो । उनले एमाओवादीले सहमति भन्ने तर वार्तामा नबस्ने गरेकाले राजनीतिक जटिलता बढेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै