नेभिगेशन
अन्य

पिडितले एसिड आक्रमाणरीको परिचय नदिंदा अप्ठ्यारोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एसिड आक्रमणमा परेका किशोरीहरुले आक्रमणकारीहरुको नाम नभनेका कारण पक्राउ गर्न नसकिएको बताएका छन् । आज विभिन्न विद्यार्थी संगठनहरुको ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कोइरालाले पिडितले आक्रमणकारीको परिचय दिए तत्काल पक्राउ गरिने प्रतिवद्धता जनाए । उनले माया प्रेममा कुरा नमिल्दा घटना भएको हुनसक्ने भन्दै किशोरीहरुले नाम भनिदिए आक्रमणकारीहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्ने बाटो खुल्ने बताए । उनले किशोरीहरुले चिनेको छैन भनेका कारण प्रहरीलाई आक्रमणकारीको पहिचान गर्न गाह्रो परिरहेको बताए । गएको आइतबार काठमाडौको वसन्तपुरस्थित एउटा ट्युसन सेन्टरभित्र पढिरहेको अवस्थामा एसएलसीको तयारी गरिरहेका सीमा बस्नेत र संगिता मगरमाथि एसिड प्रहार गरिएको थियो । घटना भएको ६ दिन हुँदा पनि प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । प्रधानमन्त्री कोइरालाले आक्रमणमा संलग्नलाई कडा कारवाही गर्न सरकार तयार रहेको तर त्यसका लागि आक्रमणकारीको बारेमा किशोरीहरुले जानकारी दिएर सहयोग गर्नुपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै