नेभिगेशन
अन्य

पुँजीगत खर्च नबढेकोप्रति एडिबी असन्तुष्ट

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) को नेपालस्थित आवासीय कार्यालयले पुँजीगत खर्च वृद्धि नभएको प्रति असन्तुष्टि जाहेर गर्दै सरकारलगायत सम्बद्ध निकायलाई खर्च वृद्धिको सुझाव दिएको छ । उक्त कार्यालयले नेपालको चालु आर्थिक वर्षको प्रथम छ महिनाको आर्थिक अवस्थाबारे जानकारी गराउँदै पुँजीगत खर्च वृद्धिमा जोड दिएको हो । उक्त कार्यालयका निर्देशक केनिची योकोयामाले दोस्रो चरणका आर्थिक सुधार कार्यक्रम र ऊर्जा क्षेत्रसँग सम्बन्धित आयोजनाहरूको सार्वजनिक खरिद प्रक्रियालगायत कामलाई द्रुत गतिमा अघि बढाउन अपरिहार्य भएको बताइन्। यो वर्षको आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने प्रक्षेपण सुनाउँदै उनले कृषिको उत्पादकत्व बढाउने ठोस आधार तयार गर्न सके भविष्यमा आर्थिक वृद्धि उच्च विन्दुमा पुग्न सक्ने बताइन् । एक पृथक् प्रसङ्गमा उनले १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको परामर्शदाता नियुक्ति अन्तिम चरणमा पुगेको जानकारी दिँदै सुक्खा याममा समेत विद्युत् उत्पादन हुने उक्त आयोजनाको लागत उच्च भएको टिप्पणी हुनु तर्कसङ्गत नभएको बताइन् । ‘तीस किलोमिटर प्रसारण लाइन निर्माण तथा ग्रामीण विद्युतीकरण पनि सोही लागतमा समावेश गरिएको छ’, आयोजनाको लागत ज्यादै धेरै नभएको स्पष्ट गर्दै देशीय निर्देशक योकोयामाले भनिन् । उक्त आयोजनाको लागत करिब रु ५० अर्ब रहेको छ । मूल्य वृद्धि र अमेरिकी डलरमा हुने उतारचढावका कारण पनि तनहुँ जलविद्युत् आयोजनाको लागत बढी भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै