नेभिगेशन
अन्य

क्रिकेटका कप्तान पारसले प्राप्तिसंग लगनगाँठो कसे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बिहीबार वैवाहिक जीवनमा प्रवेश गरेका छन् । पारस र प्राप्ती राज्यलक्ष्मी राणाबीच बिहीबार होटल सांग्रिलामा विवाह भएको छ । विवाहका लागि पारस बुद्धनगरस्थित घरबाट जन्तीसहित होटल पुगेका थिए । विवाहमा नेपाली क्रिकेट टोलीका अधिकांश सदस्यहरु सहभागी भएका छन् । नेपाली टोलीका प्रशिक्षक पुवुदु दशानायके ढाका टोपीमा सजिएर जन्ती गएका थिए । होटल परिसरमा नै गोडा धुनेसहितका वैवाहिक विधिहरु गरिएको थियो । त्यसक्रममा बेहुला पारस र बेहुली प्राप्तीबीच बेला–बेला कानेखुसी चलिरह्यो । कप्तान पारस बेला–बला मन्द मुस्कान दिइरहेका थिए भने प्राप्तीले पनि उनलाई साथ दिइन् । यसअघि बुधबार स्वयंवर भएको थियो । लामो समयदेखि प्रेममा रहेका पारस र प्राप्तीबीच झण्डै तीन वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...