नेभिगेशन
अन्य

किन बाबुराम भट्टराई नरम भए ?

काठमाडौं । राजधानी बाहिर रहदा वार्ता र संवादलाई भन्दा आन्दोलनलाई बढि महत्व दिदै उग्र बनेका एमाओवादी नेता डा बाबुराम भट्टराई राजधानी आएपछि एकाएका नरम भएका छन् । एमाओवादीको पहिलो चरणको आन्दोलनको अन्तिम दिन फागुन १६ मा राजधानीमा हुन लागेको आम सभाका दिन दिल्ली जानका लागेको भट्टराई नरम हुनुलाई राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । उनले राजधानीका विहिवार आयोजित कार्यक्रममा एमाओवादी नेता बाबुराम भट्टराईले फागुन १६ गते काठमाडौंमा हुने सभा निर्णायक नभएको भन्दै फागुन १७ वाट वार्ता सुरु हुने बताए । भट्टराईले संविधानसभाले निर्माण गरेको प्रश्नावली समिति खारेजी गरि आफु सभापति रहेको संवाद समितिलाई प्रश्नावलीको जिम्मेवारी नदिएसम्म वार्ता गर्न नसकिने बताउदै आएका थिए । ‘१६ गतेको सभा निर्णायक हुन्छ भनेका छैनौं,’ काठमाडौंमा बिहीबार एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको कार्यक्रममा भट्टराईले भने– ‘खबरदारी सभामात्रै गर्न लागेका हौं ।’ उनले जनपक्षीय संविधान बनाउन आन्दोलन र खबरदारी निरन्तर हुने बताए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेता रहेको विपक्षी गठबन्धनले १६ गते काठमाडौंमा सभा आयोजना गरेको छ । भट्टराईले विपक्षी सभा सकिएपछि राजनीतिक दलहरुसँग पुनः वार्ता सुरु हुने जानकारी दिए । ‘त्यस दिन पहिलो चरणको आन्दोलन सकिन्छ,’ उनले भने, ‘१७ गतेपछि राजनीतिक संवाद सुरु हुन्छ ।’ भट्टराईले आफूहरुले सर्वसहमतिमा संविधान बनाउनुपर्छ नभनेको दोहोर्उदै कम्तिमा पनि १२ बुँदे सहमतिका सहयात्री दलहरुबीच सहमति हुनैपर्ने बताए । उनले कांग्रेस–एमालेले सहमतिलाई अपब्याख्या गरेको आरोप लगाए । सहमति निर्माणको प्रयास भइरहँदा माघ ११ गते सत्तारुढ दलको दबाबमा सभाध्यक्षले प्रक्रिया प्रारम्भ भएपछि परिस्थिति बिग्रिएको बताउँदै भट्टराईले दलहरुबीच माघ ५ गतेको सहमति विन्दुबाट छलफल हुनुपर्ने बताए । कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि माघ ५ गतेको विन्दुबाट छलफल प्रारम्भ गर्नुपर्ने निष्कर्ष यसअघि नै निकालेका छन् । माघ ११ पछि शान्ति प्रक्रिया चर्किएको उल्लेख गर्दै भट्टराईले दलहरुबीचको सहमतिमा जोड्न सुझाव दिए । भट्टराईले फागुन १६ गतेपछि हुने भारत भ्रमणमा भारतीय राष्ट्रपतिसँग भेट गर्ने जानकारी दिए । अन्य भेटको कार्यक्रम पछि तय हुने उनले बताए । नेपालमा सबै कुरा दिल्लीबाट हुने भ्रम रहेको उल्लेख गर्दै उनले छिमेकी सदभावलाई भने नकार्न नमिल्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै