नेभिगेशन
अन्य

काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा

काठमाडौं । पश्चिमवायुका प्रभावले अहिले देशका अधिकांश भागमा वर्षा भइरहेको छ। पश्चिम नेपालका केही ठाउँंमा हिमपात समेत भएको छ । राजधानी उपत्यकामा बिहान नौ बजेदेखि वर्षा सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकासहित पश्चिम नेपालका डडेलधुरा, सुर्खेत, दाङ, दिपायलका क्षेत्रमा वर्षा भइरहेको छ । भिजिविलिटी कमी भएपछि बिहीबार बिहानका आन्तरिक उडान पनि अवरुद्ध भएका छन् । मौषमविद पौडेलले भने, ‘भिजिवलिटीमा केही सुधार आउन थालेको छ, तर पानी पर्ने सम्भावना भने छ ।’ उनका अनुसार ठूलो र लामो झरी हुने होइन, तर वर्षा भने देशका धेरै जसो भूभागमा हुन सक्ने देखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...