नेभिगेशन
अन्य

चितवनमा चारजनालाई स्वाइन फ्लु

रत्ननगर । छिमेकी मुलुक भारतमा स्वाइनफ्लुको माहामारी फैलिरहेका बेला सिमाना जोडिएको नेपालको चितवनमा चारजनामा स्वाइनफ्लुको संक्रमण भएको फेला परेको छ । चितवनस्थित भरतपुर अस्पतालबाट पठाएका नमुना परीक्षणमा चार जनामा स्वाइनफ्लु ‘इन्फुल्न्जा ए, एचवान एनवान’ को संक्रमण रहेको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ । माघ यता इपिडिमियोलोजी महाशाखा काठमाडौँमा पठाइएका ४३ वटा नमुना परीक्षणमा चारजनाका स्वाइनफ्लु रहेको पुष्टि भएको जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए । भरतपुर अस्पतालस्थित ल्यावमा रेपिट टेस्ट (नाकबाट लिइने परीक्षण) गर्दा पोजेटिभ पाइएका ४३ जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला टेकुमा पिसिआर परीक्षणका लागि पठाइएको थियो । चार जनामा ‘स्वाइन फ्लु’ भेटिएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको केसीले जानकारी दिए । ती बिरामीले केहीले औषधि सेवन गरिरहेका छन् भने एकजना निको भएर फर्केको अस्पतालले जानकारी दिएको छ । चितवनमा ‘स्वाइन फ्लु’ भित्रिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले रोकथामका लागि उच्च सतर्कता अपनाएको छ । भरतपुर अस्पतालमा स्वाइनफ्लुको कडा संक्रमण भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहितको छुट्टै वार्ड स्थापना गरिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै