नेभिगेशन
अन्य

अफगानिस्तानमा हिमपहिरोमा परि सय बढिको मृत्यु

काठमाडौं । अफगानिस्ताको राजधानी काबुलदेखि उत्तरतर्फ पर्ने पन्जशीर प्रान्तमा हिम पहिरोमा परेर सय जना भन्दा बढिको ज्यान गरेको अनुमान गरिएको छ । हिमपातमा परेर ९० जना भन्दा धेरैको मृत्यु भएको पुष्टी भइसकेको छ । राजधानी काबुलदेखि उत्तरतर्फ पर्ने पन्जशीर प्रान्तमा एक्कासी बढेको चिसोसँगै भारी हिमपात भएको हो । प्रान्तका गभर्नर अब्दुल रहमान कबिरीले बिबिसिलाई दिएको जानकारी अनुसार करिब सय घर, दुई स्कूल र एक मस्जिद हिम पहिरोले थिचिएर क्षतिग्रस्त भएका छन् । सो प्रान्त्को जनजीबन अस्तव्यस्त भएको छ । हिउँ जमेकाले ४० किलोमिटर सडकमा यातायात सेवा ठप्प छ । सडकभरी हिउँ जमेकाले उद्दार र राहत टोली समेत प्रभावित क्षेत्रमा पुग्न नसकेको विविसिले जनाएको छ । डोजरको सहायताले सडक खुलाउने प्रयास जारी छ । हिउ पन्छाउन स्थानिय नागरिक तथा सुरक्षाकर्मी जुटिरहेका छन् । सन् २०१० र २०१२ मा पनि हिमपातमा परि सो क्षेत्रमा सयौंले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्