नेभिगेशन
अन्य

भाटा बोक्ने माओवादीलाई कारवाही हुन्छ :गृहमन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले ३० दलीय मोर्चाको जुलुसमा लाठीको प्रयोग गैरकानुनी भएकोमा बताएको छ । लाठी बोकेर लगाइएको जुलुसले जनजीवन आतंतिक भएको भन्दै मन्त्रालयले अब यस्तो नगर्न र गरेको पाइएमा कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ । गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘जनप्रदर्शनका नाममा कानून हातमा लिई जनजीवन आतंकित पार्ने कार्य गैरकानुनी भएको हुँदा यस्ता गतिविधि नगर्नरनगराउन सबैमा गृह मन्त्रालय अपील गर्दछ ।’ यस्तो क्रियाकलाप गरेको, संलग्न भएको पाइएमा कानूनबमोजिम कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । एमाओवादीको युवा संगठन बाइसीएलले मंगलबार राजधानीमा गरेको मार्चपासमा सहभागीहरुले बाँसको भाटा बोकेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्