नेभिगेशन
अन्य

बल्ल पायो सगरमाथाले दिल्ली उडानको अनुमति

काठमाडौ । नेपाल वायु सेवा निगमले दिल्ली उडानका लागि बुधबार बेलुकी अनुमति पाएको छ । निगमका कागजात पाएपछि भारतीय महानिर्देशनलयले निगमलाई उडान अनुमति दिएको पत्र दिएको छ । नयाँदिल्ली स्थित नेपाली दुतावासका काउन्सिलर अफेयर्स अफिसर सिवानी बस्नेतका अनुसार महानिर्देशनालयले बुधबारकै मिति देखि निगमलाई दिल्ली उडानको अनुमति दिएको हो । ु‘मंगलबार राति दुई बजेसम्म बसेर काम गर्‍यौं, अहिले बुधबार बेलुका अनुमति पाएका छौं,’ अफिसर बस्नेतले भनिन् । तत्काल अनुमति पाए पनि निगमले शुक्रबारदेखि मात्रै उडान तालिका तय गर्ने भएको छ । भारतीय महानिर्देशनालायले निगमलाई दिएको अपरेशन अनुमतिको म्याद २०१५ जुलाई २८ सम्मको छ । दिल्ली विमानस्थलले निगमको जहाजलाई उड्न ठिक छ भनी केही दिनअघि स्लट पनि दिइसकेको छ । सगरमाथा नाम दिइएको एयरबसबाट दिल्लीकालागि एकतर्फी भाडा ७ हजार ८४ र दुईतर्फी १५ हजार १ सय ११ तोकिएको छ । निगमले यो सहित १० वटा श्रेणीका टिकट खुल्ला गरेको छ । सबैभन्दा मंहगोमा एकतर्फी भाडा १५ हजार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्