नेभिगेशन
अन्य

केजरीवाल सरकारद्धारा दिल्लीमा पानी सित्तैमा

काठमाडौं । आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीका जनतालाई राहतको घोषणा गरेको छ । जस अनुसार मार्च १ बाट विद्युत महसुल आधा हुनेछ भने पानी निःशुल्क दिनेभएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीबासीलाई हरेक महिना २० हजार लिटर पानी निःशुल्क दिने घोषणा गरेका हुन् । साथै ४०० युनिटसम्म विद्युतमा महसुल आध घटाइनेछ । तर, ४०० युनिटभन्दा बढी विद्युतको विल भने सबै तिर्नु पर्नेछ । आफ्नो चुनावी प्रतिवद्धतालाई व्यवहारिक भएको सावित गर्ने प्रयास स्वरुप दिल्ली सरकारले यस्तो घोषणा गरेको हो । यो घोषणाले दिल्लीका ९० प्रतिशत परिवारले विद्युतको विलमा फाइदा लिन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विद्युतमा छुटले ३६ लाख परिवारलाई फाइदा हुनेछ भने पानी निःशुल्क दिने घोषणााले १८ लाख परिवारलाई फाइदा हुनेछ । यसका लागि बजेछमा २५० करोडको व्यवस्था गरिने केजरीवाल सरकारले बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...