नेभिगेशन
अन्य

निगमको दिल्ली उडान सर्‍यो

काठमाडौं । सेवा बन्द गरेको तीन वर्ष तीन महिनापछि नेपाल वायुसेवा निगमले बुधबारबाट भारतको नयाँदिल्ली उडान पुनः सुरु गर्न गरेको तयारी अन्तिममा पूरा हुन सकेन। भारतले आवश्यक कागजात नपुगेको भन्दै उडान सञ्चालन अनुमति दिन नमानेपछि निगमको दिल्ली उडान बुधबारबाट सरेर शुक्रबारदेखि मात्र हुने सम्भावना बढेको छ। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट खरिद गरी गत माघ २५ मा ल्याएको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको जहाजबाट दिल्ली उडान उडान गर्न लागेको हो। जहाजमा १ सय ५० इकोनोमी र ८ बिजनेस क्लास सिट छन्। निगमले नयाँ जहाजको नाम ‘सगरमाथा’ राखेको छ। उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो निगमको उक्त जहाजलाई वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र एओसी दिएको थियो। त्यसपछि उडान सञ्चालनको बाटो खुलेको थियो। तर, भारतको नागरिक उड्डयन कार्यालयले मंगलबार राति अबेरसम्म पनि अनुमति दिन नमिल्ने जवाफ दिएपछि उडान नहुने भएको हो। ‘लामो समयपछि बुधबारबाट दिल्ली उडान गर्ने तालिका तय भएको थियो, तर भारतले कागजात अझै नपुगेको भन्दै उडान सञ्चालन अनुमति दिएन,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, ‘पहिलो उडान भए पनि यात्रु तथा सम्बद्ध क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएका छन्। अझै पनि बुधबारबाटै उडान गर्ने प्रयास जारी राखेका छौं।’ उनका अनुसार भारतको नागरिक उड्डयन कार्यालयले गत माघ २९ मा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्लट दिएको थियो। त्यसमाथि उक्त विमानस्थलमा निगमलाई आगामी जुनसम्म उडान गर्ने अनुमति भारतले सन् २०१० मै दिएको थियो। यति हुँदाहुँदै पनि भारतले कागजात नपुगेको भनेपछि उडान नहुने भएको हो। उनका अनुसार बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ जहाजले दिल्लीका लागि पहिलो उडान गर्ने तालिका थियो। पहिलो उडानमा १ सय ३१ यात्रुले टिकट बुकिङ गरेका थिए। फर्कंदा भने ६५ यात्रुमात्र आउनेछन्। विगतमा नाफायोग्य सेक्टर दिल्लीका लागि जहाज अभाव देखाउँदै निगम व्यवस्थापनले २०६८ मंसिर पहिलो साताबाट उडान बन्द गरेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै