नेभिगेशन
अन्य

क्षमता भन्दा बढि कैदी भएपनि गोरखा कारागारमा खानेपानी अभाव

गोरखाबजार । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको गोरखा जिल्ला कारागारभित्र खानेपानीको अभाव भएको छ । दिनहुँ १० हजार लिटर पानी आवश्यक रहेको कारागारमा जम्मा दुई हजार लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । पानीको मुहानमा प्रर्याप्त पानी नहुदा र भण्डारण गर्ने ट्याङकी समेत नहुँदा पानी संकलन गरेर वितरण गर्न नपाएको जानकारी कारागारका शाखा अधिकृत (जेलर) मोहनबहादुर थापाले दिए । कारागारभित्र ११७ जना कैदीबन्दी छन् । त्यसमध्ये १३ जना महिला छन् । कारागारभित्र महिला र पुरुष बन्दी कक्ष छुट्टाछुट्टै छ । पुरुष कक्षभित्र चार वटा शौचालय छ । ‘बिहानपख शौचालय जान पालो कुर्नुपर्ने अवस्था छ’ जेलर थापाले भने, ‘एक सय चार जनाले चार वटा शौचालय प्रयोग गर्नुपर्दा कैदीबन्दी समस्यामा छन् ।’ घ वर्गको गोरखा जिल्ला कारागार ५५ जना कैदीबन्दी क्षमताको हो । कारागार सञ्चालन हुँदा ४५ जनाका लागि निर्माण गरिएको भए पनि सरकारले पछि १० जना थप्ने निर्णय गरेको थियो । ‘क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भयो’ थापाले भने, ‘अन्यत्र कारागारमा केही कैदीबन्दी पठाउ भने पनि जहाँतहीँको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको जानकारी हामीले पाएका छौँ ।’ केही दिन अघिदेखि कैदीबन्दी बिरामी हुन थालेको उनको भनाइ छ । ‘सोमबार एक कैदीबन्दी बिरामी भएका थिए’ उनले भने, ‘मंगलवार दुई जना बिरामी भए । उनीहरुलाई झाडापखाला लागेको रहेछ । तीमध्ये एकजना गोरखा जिल्ला अस्पतालमा उपचाररत छन् । अर्मा एक उपचारपछि कारागार फर्किएका छन् । ’ लगातार कैदीबन्दी बिरामी भएपछि समस्या बढेको जेलर थापाको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...