नेभिगेशन
अन्य

स्वाइन फ्लु संक्रमित संख्या १० पुगे

काठमाडौं । मुलुकमा प्रयोगशाला परीक्षणबाट स्वाइन फ्लु प्रमाणित हुने बिरामीको संख्या बढदै गएपछि भाइरसको स्ट्रेन जाति खोज्ने प्रक्रिया सुरु गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएलमा परीक्षणबाट मंगलबारसम्म स्वाइन प्रमाणित बिरामीको संख्या १० पुगेको हो ।‘स्ट्रेन जाति हाल भारत वा गतवर्ष राजधानीमा देखिएको स्वाइनको भाइरस जस्तै छ कि फरक छ भन्ने कुरा पत्ता लगाउन भाइरोलोजिस्टलाई भनिसकेका छौं,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘यदि यस पटक पोहोरकै जस्तो भाइरसले संक्रमण देखिएको भए राजधानीवासीमा यसविरुद्घ प्रतिरोधक क्षमता विकसित भइसकेको हुन्छ । र, यस पटक उपत्यकाबाहिर देखिने बढी सम्भावना छ ।’ राजधानीमा गतवर्ष स्वाइन फ्लुबाट १८ जनाको मृत्यु भएको थियो । तीन सय जनामा प्रयोगशाला प्रमाणित संक्रमण देखिएको थियो हालसम्मको अवस्थाअनुसार स्वाइन फ्लु संक्रमित सयमध्ये करिब एक जनामा संक्रमण कडा रूपमा देखिने सम्भावना हुन्छ । उच्च जोखिम समूहमा रहेकाहरूलाई स्वाइनबाट बचाउन विशेष सावधानी अपनाउनुपर्नेसमेत डा. मरासिनी बताउँछन् ।कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्