नेभिगेशन
अन्य

एमालेमा केन्द्रीय सदस्य मनोनयन र कार्यबिभाजन आज

काठमाडौं । सदस्य मनोनयन र आन्तरिक कार्यबिभाजन टुंगो लगाउन बोलाइएका पछिल्ला बैठक निर्णय विहीन भइरहेका बेला बुधबार बस्ने बैठकले भने टुंगो लाग्ने नेकपा एमालेले दावी गरेको छ । यसअघिका बैठकमा नेताहरुबीच भागबण्डा नमिल्दा र अन्य विषयमा छलफल हुँदा टुंगो नलागेको मनोनयन र कार्यबिभाजन सम्बन्धि विषयलाई बुधबार टुग्याउने एमालेले दावी गरेको हो । पाँच जना शीर्ष नेताबीच मनोनीत हुने व्यक्तिको नामबारे सहमति नभएका कारण सहमति नभइरहेका बेला बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय बल्खुमा बस्ने स्थायी समिति बैठकले कार्य विभाजन टुंगो लगाउने एमालेले बताएको छ । १५ जनाको मनोनयन निम्ति नेतैपिच्छेले नाम प्रस्तुत गरेका कारण विवाद नमिलेको हो । स्थायी समितिमा कुरा नमिलेपछि अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललाई टुंगो लगाउने जिम्मेवारी दिइएको थियो । स्थायी समिति बैठक बस्नु अघि कार्यदलको बैठक बस्नेछ । कार्यदल बैठकले सहमति जुटाएपछि स्थायी समिति बैठकले सदस्य मनोनय र कार्यबिभाजनलाई अन्तिम रुप दिने तयारी एमालेले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्