नेभिगेशन
अन्य

३ दिनदेखि बन्द चितवनका होटल खुले

रत्ननगर । तीन दिनदेखि बन्द चितवनका होटल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । स्थानीय प्रशासन र होटल व्यवसायीबीच मंगलवार साँझ भएको वार्ता सहमतिमा टुंगिएपछि होटल सञ्चालनमा आएका हुन् । एक हप्ताभित्रमा पुरानो आचारसंहिता परिमार्जन गरी नयाँ आचारसंहिता लागू गर्न सहमति भएको व्यवसायीले बताएका छन् । व्यवसायको सुरक्षाको माग गर्दै चितवनमा होटल व्यवसायीले आइतबार बैठक बसी आफ्नो होटल व्यवसाय अनिश्चितकालका लागि बन्द गरेका थिए । गएको शनिबार प्रहरीले होटलमा बसेका ४९ जोडीलाई पक्राउ गरी व्यवसायीलाई समेत नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलित भएका थिए । सुरक्षित रुपमा होटल व्यवसाय सञ्चालन गर्न नपाएको भन्दै होटल व्यवसायी संघ चितवनको आह्वानमा बन्द गराएको थियो । प्रमुख जिल्ला अधिकारीसहितका प्रतिनिधिको सहभागिता रहेको सो वार्तामा सामुदायिक सेवा केन्द्र नारायणगढको संयोजकत्वमा आचारसंहिताका लागि कार्यदल गठन गर्ने सहमति भएको छ । त्यसको सदस्यमा होटल व्यवसायी, प्रशासन कार्यायल, प्रहरी कार्यालय उद्योग वाणिज्य संघलगायत छन् । राति ९ नबज्दै जिल्लाका होटल बन्द गराउने, जथाभावी होटलमा छापा मार्ने, गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीलाई हिरासतमा लिन कार्य गरिएकाले यसले व्यवसाय र व्यवसायीलाई नकारात्मक असर पारेको अध्यक्ष डासीराम ढकालले बताए । प्रहरीले पक्राउ गरेकामध्ये पाँच जोडी श्रीमान् श्रीमतीसमेत परेपछि प्रहरीको धरपकडप्रति तीव्र आलोचना भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै