नेभिगेशन
अन्य

काँग्रेस केन्द्रीय समिति बैठक बालुवाटारमा

काठमाडौं । पार्टीको १३ औं महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास वालुवाटारमा जारी छ । बैठकमा पार्टीको १३ औं महाधिवेशन तयारीलगायतका विषयमा छलफल हुने काँग्रेसले जनाएको छ । बैठकमा संविधान निर्माण तथा सहमतिका लागि पार्टी लिनुपर्ने आगामी रणनीतिका विषयमा पनि छलफल हुने काँग्रेस नेताहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार संविधान निर्माण तथा सहमतिका लागि अपनाउन सकिने लचकता, विपक्षीलाई सहमतिमा ल्याउने उपाय र सत्तासाझेदार दलहरुसँगको सहकार्यका विषयमा छलफल हुन्छ । केही दिन यता जारी बैठकमा संविधान निर्माणमा विपक्षीलाई सहमतिमा ल्याउन नसकेको तथा छलफल र संवादहरुको नेतृत्व गर्न नसकेको भन्दै सदस्यहरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । काग्रेसले पार्टीको १३ औं महाधिवेशन आउँदो भदौको अन्तिम साता गर्न निर्णय गरिसकेको छ । यस्तै आजको बैठकमा पार्टीका भातृसंगठनका महाधिवेशनका बारेमा पनि छलफल गरि निर्णयमा पुग्ने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै