नेभिगेशन
अन्य

एमाले स्थायी कमिटी आजपनि अनिर्णित

काठमाडौँ । नेकपा एमालेको गत साता देखि सर्दै आएको स्थायी कमिटीको आजको बैठकले पनि केन्द्रीय कमिटीमा मनोनयन र कार्यबिभाजनका कार्यसूचीमाथि निर्णय गर्न सकेन । यही फागुन ४ गतेको स्थायी कमिटीको बैठकले ती विषयलाई अन्तिम रूप दिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा शीर्ष नेता सम्मिलित टोलीलाई जिम्मा दिएकामा उनीहरूबीच सहमति हुन बाँकी रहेकाले स्थायी कमिटी अनिणित भएको हो । एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आजको बैठकका कार्यबिभाजनबारे खासै छलफल नभएको र बुधबार बस्ने अर्को बैठकले निर्णय गर्ने जानकारी दिए । आज के विषयमा छलफल भयो भन्ने जिज्ञाशामा उनले भने, ‘अन्य कतिपय समसामयिक विषयमा छलफल भयो तर ठोस केही निर्णय भएको छैन ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्