नेभिगेशन
अन्य

भारु हजार र ५ सयको कारोबार आजबाट खुल्ला

काठमाडौं । पाँच सय र एक हजार दरका भारु नोटहरुमा लगाउँदै आएको बन्देज नेपालमा हटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारबाट यस्तो बन्देज हटाएको हो । राष्ट्र बैंकले नेपाली र भारतीय नागरिकले पाँच सय र एक हजार दरका भारु नोटहरु प्रतिव्यक्ति २५ हजारसम्म नेपाल भित्राउन र लैजान पाउने व्यवस्था गरेको छ । २५ हजारभन्दा बढी नोट ल्याएको खण्डमा तोकिएकोभन्दा बढी रकम सरकारले जफत गर्ने र नेपाली नागरिकले भारु रुपैयाँ भारत वाहेक अन्य मुलुकमा लैजान र अन्य मुलुकबाट ल्याउन नपाउने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तो छ राष्ट्र बैंकको निर्देशन गत साउनमा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पाँच सय र हजारका भारतीय नोटहरु चलाउने व्यवस्था गर्ने घोषणा गरेका थिए । ठूला दरका नोटहरु बढी तस्करी हुने भएकाले भारतीय पक्षले आन्तरिक सुरक्षाका लागि नेपालमा पाँच सयमाथिका नोट लैजान भारतले १४ वर्षअघि प्रतिवन्ध लगाएको थियो । यो व्यवस्थासँग भारतीय पर्यटकलाई नेपाल आउन अझ सजिलो भएको छ भने भारतमा काम गरेर नेपालमा रकम लिइ आउँदा लुटिने त्रासबाट नेपाली कामदारहरु मुक्त भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्