नेभिगेशन
अन्य

नयाँ गभर्नर खोज्न सिफारिस समिति बन्यो

काठमाडौं । सरकारले राष्ट्रबैंकमा गर्भनर नियुक्तीको प्रक्रिया सुरु गरेको छ । गभर्नर नियुक्ति सिफारिस गर्न अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । समितिमा पूर्वगभर्नर हिमालय शमसेर जबरा र अर्थविद पार्थिवेश्वर तिमल्सिना सदस्य छन् । हालका गभर्नर युवराज खतिवडाको कार्यकाल चैत्रको पहिलो साता सकिँदैछ । यसैबीच मन्त्रीपरिषदले नेपाली सेनाको रथीमा राजेन्द्रबहादुर क्षेत्रीलाई बढुवा गरेको छ । क्षेत्रीलाई अब प्रधानसेनापति बन्ने बाटो खुलेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेसँगै क्षेत्रीलाई भावी प्रधानसेनापति बन्ने बाटो खुलेको हो । यसअघि भावी प्रधानसेनापतिको लाइनमा पवनबहादुर पाण्डेको नामसमेत चर्चामा थियो । उनको अवकास पछि क्षेत्री प्रधानसेनापतिको एक्लो दाबेदार बनेका छन् । यसैवीच मंगलबार सम्पन्न मन्त्रिपरिषद बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँणलाई पनि बढुवा गरी विकास निर्माण स्थपति निर्देशनालयमा पदस्थापन गरेको छ । नरेश बस्नेतले अवकाश पाएपछि सो पद रिक्त थियो । संगितज्ञ अम्बर गुरुङको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गुरुङको उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको हो । यस्तै कानुन सुझाव आयोगको सदस्यमा अधिवक्ताहरु विजया अर्याल, बलबहादुर राई र दूर्गा अर्याल नियुक्त भएका छन् । त्यस्तै खुला विश्वविद्यालयको कार्यकारी निर्देशकमा राजेश अग्रवाल नियुक्त भएका छन् । उदयपुर सिमेन्टको महाप्रवन्धकमा सुरेन्द्र पौडेल र उच्चस्तरीय प्रशासन सुधार सुझाव आयोगको अध्यक्षमा काशिराज दाहाल नियुक्त भएका छन् । यसअघि आयोगको अध्यक्षमा कृष्णहरि बास्कोटा थिए । उनी हाल सूचना आयोगमा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै